काठमाडौं । निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा को शिर्ष गीत रेकर्डिङ सम्पन्नभयो
रत्न शोभा महर्जनको आवाजमा सुमन कपाली को संगीत र ज्योति खतिवडा को रचना रहेको उक्त मेरो एउटा प्रेमकथा को निर्माता सानुनेपाल रहेको छ भने पटकथा सम्बाद ज्योति खतिवडा उषा किरण अधिकारी र समिर जोशीको रहेको छ।
शिघ्र छायंकनमा जाने उक्त टेलिशृंखलाको कलाकार छनोट र पटकथा सम्बाद लेखन कार्य तिब्र रुप मा भैरहेको निर्माता सानु नेपाललेजनाउनु भयो ।
उक्त कथा (टेलिशृंखला) भने आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशन जोशीले बताए । साथै टेलिशृंखलामाविभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।
digi pay को प्रस्तुती, sanu movies र binav creations द्वारा निर्माण हुने उक्त टेलिशृंखलाको छायांकन बिनोद श्रेष्ठले गर्नेछन्भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन् ।
आम दर्शकलाई आफ्नो प्रेमकथा binavcreations@gmail.com मा पठाउन निर्माण संस्थाले आह्वान गरेको छ ।
तपाइँले आफ्नो जीवनमा भोगेको (तपाइँको प्रेमकथा)_ binavcreations@gmail.com मा पठाउनुभयो भने तपाइँको कथाटेलिश्रृंखलामार्फत प्रसारण गरिनेछ अनि आफै पनि अभिनय गर्न पनि सक्ने निर्देशक जोशी ले बताए ।तपाइँले पठाउनुभएको कथाउत्कृष्ट अर्थात प्रशारणयोग्य भएमा उचित पारिश्रमिक समेत प्रदान गरिने निर्माता सानु नेपालले बताए
No comments:
Post a Comment