छोराको पिता बने दयाहाङ राई
ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,
अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार विहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । उनीहरुको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्मिएको १० वर्षपछि बेनुका र दयाहाङ दोस्रो पटक आमा-बुबा बनेका हुन् । दयाहाङले आमा-बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको र शनिवार डिस्चार्ज हुनसक्ने बताए ।
श्रीमती अस्पताल भर्ना हुँदा दयाहाङ फिल्म ‘फूलबारी’को छायांकनमा व्यस्त थिए । दोस्रो पटक पिता बन्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । अब उनी केही दिन फिल्मको छायांकनबाट विश्राम लिएर श्रीमती र बच्चासँग समय विताउने सोचमा छन् । २०६५ सालमा दयाहाङ र बेनुका वैवाहिक जीवनमा बाँधिएका थिए भने २०६९ सालमा उनीहरु छोराको आमा-बुबा बनेका थिए ।
दयाहाङका लागि २०७९ साल विशेष बनेको छ । यसै वर्षको जेठमा प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘कबड्डी ४’ले नेपाली फिल्मको इतिहासमै सर्वाधिक कलेक्सनको रेकर्ड बनाएको थियो भने दशैंको मुखमा उनी दोस्रो पटक पिता बनेका छन् । उनी अभिनीत दुई नयाँ फिल्म ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ प्रदर्शनको संघारमा छन् । उनी अहिलेका सर्वाधिक व्यस्त कलाकार हुन् ।
No comments:
Post a Comment