Popular Posts

Tuesday, February 22, 2022

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

काठमाण्डाै – 

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।


हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन । उहाँको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने तयारी भइरहेको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ ।

No comments:

Post a Comment

छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...