Popular Posts

Monday, April 4, 2022

सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा ‘यो मुटु भरी ‘ को पोष्टर सार्वजनिक

प्रकाशित मिति: चैत्र २३, २०७८ 

काठमाण्डौं ।

सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको गीत ‘यो मुटु भरी ‘ को पोष्टर सार्वजनिक भएको छ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको निमार्ण पक्षले बताएको छ ।गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन ।माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन । यादव घिमिरेको संगीत तथा नोरवु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ । रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोलाई नयाँ वर्षको दिन सार्वजनिक गरिने समेत निमार्ण पक्षले बताएको छ

छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...