Popular Posts

Tuesday, February 22, 2022

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

काठमाण्डाै – 

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।


हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन । उहाँको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने तयारी भइरहेको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ ।

Monday, February 14, 2022

साहित्यकार ताना शर्मा ८७ वर्षको उमेरमा निधन

१२ वर्षपछि राजेश र निरुताको भिडियो कथा (भिडियोसहित)

सत्य, तथ्य, निष्पक्ष र पारर्दशि समाचारको साथमा मनोरञ्जनात्मक गतिविधिको संगालो

 



 दरबारिया प्रेमकथामा तयार पारिएको एक रोमाञ्चक सांगीतिक भिडियो कथा राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । गायक गायिका कृष्ण विक र रचना रिमालद्वारा गाइएको उता हजुर मुसुक्कै यता यो ज्यान भुसुक्कै बोलको गीतमाथि काल्पनिक तर इतिहासका सयौं घटनासँग मेल खाने कथामा बनेको सांगीतिक भिडियो कथा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

राजा र राजकुमारसँगको अन्तर्जातीय प्रेमकथा र त्यसमा लुकेको रहस्यमाथि तयार पारिएको सांगीतिक भिडियो कथामा उँच–निच र जातपातका भेदभावलाई अन्त्य गर्न एक राजाले गरेको प्रयासको कथा बुनिएको छ। १५ मिनेट लामो भिडियोकथामा अभिनेता राजेश हमाललाई राजाको रूपमा प्रस्तुत गरिएको छ भने उनका साथमा निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा, सन्तोष मग्राती मुख्य भूमिका तथा श्रीराज विक्रम पाण्डे र श्रेया सापकोटा बाल भूमिकामा छन्।

 

भिडियोमा जिवी आग्रीको कथा, पटकथा र निर्देशन रहको छ। फिल्मदेखि म्युजिक भिडियोसम्मको कोरियोग्राफीमा भिन्न भिन्न स्वाद दिँदै आएका कोरियोग्राफर कविराज गहतराजले यो सांगीतिक भिडियो कथालाई आफ्नो कोरियोग्राफी कलाले थप धनी बनाएका छन्।

भिडियोमा छायांकन सञ्जय लामा र सम्पादन दीर्घ खड्काको रहेको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियो सोमबार नै चार लाख ८६ हजार बढीले हेरिसकेका छन् भने ट्रेन्डिङ ४ मा आइसकेको छ। गीतमा शब्द रचना र संगीत सुरेश अधिकारीको छ।

 

अभिनेता अभिनेत्री राजेश हमाल र निरुता सिंहले १२ वर्षपछि एकसाथ यही भिडियो कथामा काम गरेका हुन्। ‘निरुताजी र मैले एकसाथ काम नगरेको १२ वर्ष भएको थियो।

तर, कहाँ जालिस् मछली मेरै ढडिया भनेजस्तै भयो। एउटै क्षेत्रमा काम गरेपछि कहीं न कहीं भेट त भइहाल्छ’ कार्यक्रममा हमालले भने। निरुताले पनि रमाइलो गर्दै मछलीलाई कसैले पनि ढडियामा पार्न नसकेको भन्दै बल्ल अवसर जुरेको जनाइन्।

 

 

 

रेखा थापाले गरिन् गुपचुप बिहे

नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले हालै गुपचुप बिहे गरेको समाचार बाहिरिएको छ।

 

उनले हालै जाजरकोटका ४० वर्षीय बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको अदालत स्रोतले जनाएको छ।

फिल्ममा अभिनय गर्ने क्रममा निर्माता तथा वितरक छविराज ओझासँग प्रेम भएपछि उनीसँग लिभिङ टुगेदरको सम्बन्धमा रहँदै आएकी रेखाले १० वर्षअघि उनीसँगको सम्बन्ध अन्त्य गरेकी थिइन् ।

त्यसयता रेखा एकल जीवन बिताउँदै आएकी थिइन्। पछिल्लो समय उनी आमाका साथ बस्दै आएकी थिइन्।

रेखा केही समययता राजनीतिमा सक्रिय छिन् भने अमेरिकाबासी ४० वर्षीय शाही पर्यटन व्यवसायमा छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।



 

नेयमार रियल मड्रिडविरुद्ध खेल्न सक्ने

नेयमार रियल मड्रिडविरुद्ध खेल्न सक्ने 

Share

पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्न सक्ने भएका छ । 

गत नोभेम्बरबाट चोटका कारण मैदान बाहिर रहेका नेयमार मंगलबार अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडविरुद्ध खेल्न सक्ने बताईएको छ । 

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मंगलबार राति घरेलु मैदानमा स्पेनिस क्लब रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्दैछ ।

घुँडाको चोटका कारण मैदान बाहिर रहेका नेयमार पछिल्लो समय भने अभ्यासमा फर्किएका छन् । 

रियल मड्रिडका पूर्व खेलाडी सर्जियो रामोसमात्र पीएसजीको टिममा अनुपस्थित छन् । उनी मांसपेशीको समस्याका कारण मैदान फर्कन संघर्ष गरिरहेका छन् । 

‘यसमा समावेश गरिएको खेलाडीलाई हेर्दा यहीनै अन्तिम जस्तो देखिन्छ ।’ पीएसजीका प्रशिक्षक मौरिसियो पोचिटिनोले भने ।

 

 

पोचिटिनो नेतृत्वको टिम अघिल्लो सिजन सेमिफाईनलमा म्यानचेस्टर सिटीसँग हारेको थियो । प्रिमियर लिग क्लब टोटेनहमका पूर्व प्रशिक्षकलाई फ्रेन्च महारथी क्लबलाई युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो उपाधि जिताउनुपर्ने चुनौती छ । 

कतारी लगानीको क्लब सन् २०२० मा फाईनलमा बायर्न म्युनिखसँग पराजित बनेको थियो । त्यसअघि उसले अन्तिम १६ अघिको यात्रा तय गर्न सकेको थिएन ।

‘पीएसजीले पछिल्लो ५० वर्षदेखि यस उपाधि जित्न कोशिश गरिरहेको छ । त्यसैले हामीलाई चुनौती छ ।’ पोचिटिनोले भनेका छन् । 

लिग वानमा पीएसजीले स्पष्ट १३ अंकको अग्रता लिएको छ ।

टेलिशृंखला मेरो एउटा प्रेमकथा को शिर्ष गीत रेकर्डिङ सम्पन्न

मेरो एउटा प्रेमकथा को शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौं  निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा को शिर्ष गीत रेकर्डिङ सम्पन्नभयो

रत्न शोभा महर्जनको आवाजमा सुमन कपाली को संगीत  ज्योति खतिवडा को रचना रहेको उक्त मेरो एउटा प्रेमकथा को निर्माता सानुनेपाल रहेको  भने पटकथा सम्बाद ज्योति खतिवडा उषा किरण अधिकारी  समिर जोशीको रहेको छ।

शिघ्र छायंकनमा जाने उक्त टेलिशृंखलाको कलाकार छनोट  पटकथा सम्बाद लेखन कार्य तिब्र रुप मा भैरहेको निर्माता सानु नेपाललेजनाउनु भयो 

उक्त कथा (टेलिशृंखलाभने आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशन जोशीले बताए  साथै टेलिशृंखलामाविभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ 

digi pay को प्रस्तुती, sanu movies  binav creations द्वारा निर्माण हुने उक्त टेलिशृंखलाको छायांकन बिनोद श्रेष्ठले गर्नेछन्भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन् 

आम दर्शकलाई आफ्नो प्रेमकथा binavcreations@gmail.com मा पठाउन निर्माण संस्थाले आह्वान गरेको  

तपाइँले आफ्नो जीवनमा भोगेको (तपाइँको प्रेमकथा)_ binavcreations@gmail.com मा पठाउनुभयो भने तपाइँको कथाटेलिश्रृंखलामार्फत प्रसारण गरिनेछ अनि आफै पनि अभिनय गर्न पनि सक्ने निर्देशक जोशी ले बताए ।तपाइँले पठाउनुभएको कथाउत्कृष्ट अर्थात प्रशारणयोग्य भएमा उचित पारिश्रमिक समेत प्रदान गरिने निर्माता सानु नेपालले बताए

आदित्य ठकुरीको कथा/निरदेशनमा नेपाली कमेडी सिरियल केरा काण्ड सार्वजनिक (भिडियोसहित)

केरा काण्ड short comedy video

Share

नेपाली कमेडी केरा काण्डको भिडियो Black Eyes Picturesयुट्युब च्यानल द्वारा सार्वजनिक भएको छ।यस केरा काण्डले दर्शकको मन जित्न सक्ने अपेक्षा राखिएको छ।दर्शक श्रोतालाई मनोरञ्जन दिने मनसायले यो भिडियो निर्माण गरिएको मुख्य कलाकार आदित्य ठकुरीले जानकारी दिनु भयो।चार जनाको अभिनय रहेको यस भिडियोले समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ।आदित्य ठकुरी ,अर्जुन खड्का ,राजेन्द्र गर्तौला र दिपा नगरकोटीको दमदार प्रस्तुती रहेको छ।

आदित्य ठकुरीको कथा/निरदेशन/ सम्पादन रहेको नेपाली कमेडी सिरियल केरा काण्ड लाई राजेन्द्र गर्तौलाले छायांकन गरेका हुन। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस्

केरा काण्ड short comedy video



छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...