Popular Posts

Monday, February 14, 2022

१२ वर्षपछि राजेश र निरुताको भिडियो कथा (भिडियोसहित)

सत्य, तथ्य, निष्पक्ष र पारर्दशि समाचारको साथमा मनोरञ्जनात्मक गतिविधिको संगालो

 



 दरबारिया प्रेमकथामा तयार पारिएको एक रोमाञ्चक सांगीतिक भिडियो कथा राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । गायक गायिका कृष्ण विक र रचना रिमालद्वारा गाइएको उता हजुर मुसुक्कै यता यो ज्यान भुसुक्कै बोलको गीतमाथि काल्पनिक तर इतिहासका सयौं घटनासँग मेल खाने कथामा बनेको सांगीतिक भिडियो कथा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

राजा र राजकुमारसँगको अन्तर्जातीय प्रेमकथा र त्यसमा लुकेको रहस्यमाथि तयार पारिएको सांगीतिक भिडियो कथामा उँच–निच र जातपातका भेदभावलाई अन्त्य गर्न एक राजाले गरेको प्रयासको कथा बुनिएको छ। १५ मिनेट लामो भिडियोकथामा अभिनेता राजेश हमाललाई राजाको रूपमा प्रस्तुत गरिएको छ भने उनका साथमा निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा, सन्तोष मग्राती मुख्य भूमिका तथा श्रीराज विक्रम पाण्डे र श्रेया सापकोटा बाल भूमिकामा छन्।

 

भिडियोमा जिवी आग्रीको कथा, पटकथा र निर्देशन रहको छ। फिल्मदेखि म्युजिक भिडियोसम्मको कोरियोग्राफीमा भिन्न भिन्न स्वाद दिँदै आएका कोरियोग्राफर कविराज गहतराजले यो सांगीतिक भिडियो कथालाई आफ्नो कोरियोग्राफी कलाले थप धनी बनाएका छन्।

भिडियोमा छायांकन सञ्जय लामा र सम्पादन दीर्घ खड्काको रहेको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियो सोमबार नै चार लाख ८६ हजार बढीले हेरिसकेका छन् भने ट्रेन्डिङ ४ मा आइसकेको छ। गीतमा शब्द रचना र संगीत सुरेश अधिकारीको छ।

 

अभिनेता अभिनेत्री राजेश हमाल र निरुता सिंहले १२ वर्षपछि एकसाथ यही भिडियो कथामा काम गरेका हुन्। ‘निरुताजी र मैले एकसाथ काम नगरेको १२ वर्ष भएको थियो।

तर, कहाँ जालिस् मछली मेरै ढडिया भनेजस्तै भयो। एउटै क्षेत्रमा काम गरेपछि कहीं न कहीं भेट त भइहाल्छ’ कार्यक्रममा हमालले भने। निरुताले पनि रमाइलो गर्दै मछलीलाई कसैले पनि ढडियामा पार्न नसकेको भन्दै बल्ल अवसर जुरेको जनाइन्।

 

 

 

No comments:

Post a Comment

छोराको पिता बने दयाहाङ राई

​ छोराको पिता बने दयाहाङ राई ब्लैक आइज़ पिक्चर्स, काठमाडौं,    अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार...